प्रधानमन्त्री बालेन र रविबीच पाँच घण्टा लामो छलफल, अध्यादेशदेखि भारत भ्रमणसम्मका विषयमा चर्चा

प्रधानमन्त्री बालेन र रविबीच पाँच घण्टा लामो छलफल, अध्यादेशदेखि भारत भ्रमणसम्मका विषयमा चर्चा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुढानीलकण्ठस्थित लामिछानेको निवासमा पाँच घण्टाभन्दा लामो छलफल भएको छ ।

स्रोतका अनुसार छलफलमा सरकारले ल्याउने तयारी गरेको भनिएको अध्यादेश, सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरण र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग सम्बन्धित विषयले प्राथमिकता पाएका थिए ।

बैठकमा प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण तथा सरकारका नीतिगत र प्रशासनिक निर्णयबारे समेत छलफल भएको बताइएको छ ।

यद्यपि, भेटवार्तामा उठेका विषय र छलफलका निष्कर्षबारे प्रधानमन्त्री शाह र सभापति लामिछाने दुवै पक्षले औपचारिक जानकारी दिएका छैनन् ।

लिङ्क सफलतापूर्वक कापि गरियो!