प्रधानमन्त्री बालेनको चेतावनी : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’

प्रधानमन्त्री बालेनको चेतावनी : ‘सही समय आएपछि सबैको गलत समय आउँछ’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले गलत काम गर्ने र कानुनको दायराबाट उम्किन खोज्नेहरूलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सही समय आएपछि कसैले पनि उन्मुक्ति नपाउने आशयको सन्देश सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री शाहले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, “सही समय आएपछि, सबैको गलत समय आउँछ। एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।”

उनको यो अभिव्यक्ति कुन घटना वा व्यक्तिलाई लक्षित गरेर आएको हो भन्नेबारे भने केही खुलाइएको छैन। पछिल्लो समय मुलुकमा भ्रष्टाचार, अनियमितता तथा विभिन्न प्रशासनिक विषयमा छानबिन र कारबाहीको चर्चा भइरहेका बेला प्रधानमन्त्रीको यो भनाइ सार्वजनिक भएको हो।

प्रधानमन्त्रीको सन्देशलाई सुशासन, कानुनी जवाफदेहिता र गलत काम गर्नेहरूमाथि कारबाही गर्ने सरकारको प्रतिबद्धतासँग जोडेर हेरिएको छ। यद्यपि, उनले कुन विषयलाई संकेत गरेका हुन् भन्ने स्पष्ट नभएकाले उनको अभिव्यक्तिलाई लिएर विभिन्न अड्कलबाजीसमेत भइरहेका छन्।

सामाजिक सञ्जालमा उनको पोस्ट सार्वजनिक भएपछि राजनीतिक वृत्त र सर्वसाधारणबीच यसबारे चर्चा सुरु भएको छ। समर्थकहरूले यसलाई गलत काम गर्नेहरूलाई कारबाही गर्ने संकेतका रूपमा व्याख्या गरेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!