गृहमन्त्री गुरुङले लगाए नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न

गृहमन्त्री गुरुङले लगाए नवनियुक्त आइजिपी केसीलाई दर्ज्यानी चिह्न

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

यसअघि गृहसचिवले आइजिपीलाई दर्ज्यानी चिह्न लगाइदिने परम्परा रहे पनि यसपटक गृहमन्त्री स्वयंले उक्त जिम्मेवारी निर्वाह गरेका हुन्।

गृहमन्त्री गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा आइजिपीलाई गृहमन्त्री वा प्रधानमन्त्रीले नै दर्ज्यानी चिह्न लगाइदिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रहरी संगठनभित्र पनि लामो समयदेखि आइजिपीलाई मन्त्री वा प्रधानमन्त्रीबाटै दर्ज्यानी चिह्न प्रदान गरिनुपर्ने माग उठ्दै आएको थियो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। सोही बैठकले दानबहादुर कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा नियुक्त गरेपछि केसीलाई आइजिपी बन्ने बाटो खुलेको हो।

लिङ्क सफलतापूर्वक कापि गरियो!