कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाको पूर्वानुमानअनुसार सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लिङ्क सफलतापूर्वक कापि गरियो!