काठमाडौँ । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा तथा देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ । त्यस्तै, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति कोशी प्रदेशको तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ ।
त्यस्तै, आइतबार देशका हिमाली भूभाग र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।