सुर्खेत । कर्णाली प्रदेशमा स्याउ विकास बोर्ड स्थापना तथा सञ्चालन गर्न तयार पारिएको विधेयक प्रदेश सभामा पेस गरिने भएको छ।
शुक्रबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको अर्थमन्त्री टेकराज पछाईले जानकारी दिए।
कर्णालीमा स्याउ विकास बोर्ड गठन गर्ने प्रक्रिया विगत केही वर्षदेखि अघि बढाइएको थियो। प्रस्तावित बोर्डले विशेषगरी जुम्लामा उत्पादन हुने स्याउको उत्पादन वृद्धि, बजारीकरण तथा ब्रान्डिङलगायतका विषयमा काम गर्ने उद्देश्य राखेको छ।
विधेयक प्रदेश सभाबाट पारित भएपछि स्याउ उत्पादनको विकास, प्रवर्द्धन र बजार व्यवस्थापनका लागि संस्थागत रूपमा काम गर्ने बाटो खुल्ने अपेक्षा गरिएको छ।