कांग्रेस महाधिवेशन : २३ डिजाइनमा २ लाख मतपत्र छापियो, ८५० उम्मेदवार मैदानमा

कांग्रेस महाधिवेशन : २३ डिजाइनमा २ लाख मतपत्र छापियो, ८५० उम्मेदवार मैदानमा

काठमाडौँ । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २३ वटा डिजाइनमा करिब २ लाख मतपत्र छापिएको छ। निर्वाचन समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो।

खुलामञ्चस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटवालले २३ वटा डिजाइनमा करिब २ लाख मतपत्र छापिएको जानकारी दिए।

उनका अनुसार कांग्रेसको केन्द्रीय कार्यसमितिका २९७ पदका लागि ८५० जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

छुट्टाछुट्टै क्लस्टरबाट केन्द्रीय समितिमा प्रतिनिधित्व हुने व्यवस्था रहेकाले विभिन्न पदका लागि २३ वटा डिजाइनमा मतपत्र तयार गर्नुपरेको सदस्य सचिव कटवालले बताए।

उनका अनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि कुल ७ हजार ३१७ जना मतदाता निर्धारण गरिएको छ।

 
 
लिङ्क सफलतापूर्वक कापि गरियो!