कांग्रेस महाधिवेशन : सभापतिको मतगणना आजै हुने

कांग्रेस महाधिवेशन : सभापतिको मतगणना आजै हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आजै गरिने भएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मतगणना आजै राष्ट्रिय सभागृहमा गरिनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी गरिएको उनले जानकारी दिए।

निर्धारित कार्यतालिकाअनुसार जारी मतदान साँझ ७ बजेसम्म सञ्चालन हुनेछ।

सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!