कांग्रेस महाधिवेशनको चौथो दिन : आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

कांग्रेस महाधिवेशनको चौथो दिन : आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (बुधबार) चौथो दिन पनि जारी छ।

महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारले आज उम्मेदवारी फिर्ता लिन तथा उम्मेदवारीमा आवश्यक संशोधन गर्न सक्नेछन्।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिन वा सच्याउन चाहने उम्मेदवारले आज बिहान ९ बजेसम्म निवेदन दिन सक्नेछन्। त्यसपछि बिहान १० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

अन्तिम नामावली प्रकाशन भएपछि दिनभर उम्मेदवारहरूलाई प्रचारप्रसारका लागि समय उपलब्ध गराइने निर्वाचन समितिले जनाएको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!