काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार कुल ६ हजार ७३७ मत सदर भएकामा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै विजयी भएका हुन्।
निर्वाचन समितिका अनुसार सहमहामन्त्री पदका अर्का उम्मेदवार मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरेका छन् भने नरेन्द्र पासवानले ७९६ मत पाएका छन्।