काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीको आधिकारिक वरीयताक्रम निर्धारण गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहणपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले वरीयताक्रम टुङ्ग्याएको हो ।
निर्धारित वरीयताक्रमअनुसार सभापति गगन थापा पहिलो स्थानमा छन् । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिला उपसभापति पुष्पा भुसाल तेस्रो स्थानमा रहेकी छन् ।
त्यस्तै, खुलातर्फका उपसभापति डा. चन्द्रकान्त भण्डारी चौथो र मधु आचार्य पाँचौँ स्थानमा छन् । समावेशीतर्फका उपसभापति विनोद चौधरी छैटौँ वरीयतामा रहेका छन् ।
महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, महिला महामन्त्री डा. डिला संग्रौला पन्त आठौँ र खुलातर्फका महामन्त्री उदयशमशेर राणा नवौँ वरीयतामा छन् ।
११ सहमहामन्त्रीमध्ये बहादुरसिंह लामा समग्र वरीयताको दसौँ स्थानमा छन् । उनी सहमहामन्त्रीतर्फ पहिलो वरीयतामा रहेका छन् ।
बाँकी सहमहामन्त्रीको वरीयताक्रममा योगेन्द्र चौधरी ११औँ, प्रकाश स्नेही रसाइली १२औँ, जीवन शाही १३औँ, अजय चौरासिया १४औँ र आङ्गेलु शेर्पा १५औँ स्थानमा छन् ।
त्यसैगरी, रामहरि खतिवडा १६औँ, प्रतिमा गौतम १७औँ, अजयबाबु सिवाकोटी १८औँ र डा. फिरदोश आलम १९औँ वरीयतामा रहेका छन् ।
यससँगै कांग्रेसका नवनिर्वाचित १९ पदाधिकारीको वरीयताक्रम औपचारिक रूपमा निर्धारण भएको छ ।