कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकीका चार खुला तथा महिला केन्द्रीय सदस्य निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकीका चार खुला तथा महिला केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन्।

त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनले अत्यधिक मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्।

३५ वर्षमुनिको युवा समूहबाट गण्डकी प्रदेशमा सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

त्यस्तै, ३५ वर्षमुनिको महिलातर्फ डा. कला पन्त केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!