काठमाडौँ । नेपाली कांग्रेसको आगामी चारवर्षे कार्यकालका लागि ३५ वर्षमुनिका युवा क्लस्टरबाट खुलातर्फ सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
२७ जनाबिच भएको प्रतिस्पर्धाबाट इन्जिनियर अभिषेक आत्रेय, आदर्श मल्ल, डा. आयुस बगाले, इन्जिनियर शैलेष मिश्र, सचिन तिमल्सेना, इन्जिनियर रोशन बस्नेत र सुशील भट्ट निर्वाचित भएका हुन् ।
निर्वाचितमध्ये सचिन तिमल्सेनाले सर्वाधिक ३ हजार १५६ मत प्राप्त गरे । अभिषेक आत्रेयले २ हजार ८१३, सुशील भट्टले २ हजार ७८३, डा. आयुस बगालेले २ हजार ५७५, आदर्श मल्लले २ हजार ५६०, रोशन बस्नेतले २ हजार २७१ र शैलेष मिश्रले २ हजार १३३ मत प्राप्त गरे ।
नेपाली कांग्रेसले पार्टीको विधानमा ३५ वर्षमुनिका युवाबाट पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था गरेको हो ।