कांग्रेसको खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता, अजय सिवाकोटी पछिपछि

कांग्रेसको खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता, अजय सिवाकोटी पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम गरेका छन्। पछिल्लो परिणामअनुसार खतिवडाले १ हजार ५४४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै अजय सिवाकोटीले १ हजार १०६ मत पाएका छन्।

कुल ३ हजार ४८८ मत खसेको यस पदमा डिल्लीराम सुवेदीले ८९५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। त्यस्तै, देवेन्द्रराज कँडेलले ७४७, विकास कोइरालाले ५८४, राजीव ढुङ्गानाले ५४०, रमेशप्रसाद धमलाले ४०६, अमृतकुमार अर्यालले ३८२ र विमलराज क्षेत्रीले १४० मत प्राप्त गरेका छन्।

महाधिवेशनअन्तर्गत सभापति, दुई उपसभापति र दुई महामन्त्री पदको मतगणना सम्पन्न भई विजेताहरूको घोषणा भइसकेको छ। प्रमुख पदहरूको परिणाम सार्वजनिक भएसँगै अहिले खुला तथा विभिन्न समावेशी समूहअन्तर्गतका सहमहामन्त्री पदको अन्तिम परिणामप्रति चासो बढेको छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!