एमालेबाट निष्कासनपछि भोजपुर नगरपालिकाकी उपप्रमुख शेर्पाले दिइन् राजीनामा

एमालेबाट निष्कासनपछि भोजपुर नगरपालिकाकी उपप्रमुख शेर्पाले दिइन् राजीनामा

भोजपुर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन्।

आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको शेर्पाले बताएकी छन्।

यसैगरी, नेकपा (एमाले)बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन्। पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले प्रधानलाई समेत कारबाही गरेको थियो।

लिङ्क सफलतापूर्वक कापि गरियो!