इनम अडियो प्रकरणमा बालेनदेखि गगनसम्म छानबिन गर्न जेनजी अगुवाहरूको माग

इनम अडियो प्रकरणमा बालेनदेखि गगनसम्म छानबिन गर्न जेनजी अगुवाहरूको माग

काठमाडौं । इनम अडियो प्रकरणमा प्रधानमन्त्री बालेन शाहदेखि नेपाली कांग्रेसका सभापति गगन थापासम्मका उच्च पदस्थ व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न जेनजी अगुवाहरूले माग गरेका छन्।

जेनजी अगुवाहरूले प्रकरणमा जोडिएका सबै व्यक्तिको भूमिकाबारे निष्पक्ष अनुसन्धान गरी आरोपको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

रवि किरण हमालले शक्तिशाली र स्वतन्त्र लोकपाल गठन गरी प्रकरणको छानबिन गर्नुपर्ने बताएका छन्। त्यस्तै, मिराज ढुङ्गाना र रक्षा बमले संसदीय छानबिन समिति गठन गरेर घटनाको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले अनुसन्धानका क्रममा कुनै पनि व्यक्तिलाई राजनीतिक पहुँच वा पदका आधारमा उन्मुक्ति दिन नहुनेमा जोड दिएका छन्। प्रमाणका आधारमा दोषी ठहर हुने सबैलाई कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने उनीहरूको माग छ।

लिङ्क सफलतापूर्वक कापि गरियो!