इनम अडियो प्रकरणमा छानबिनको माग उठिरहेका बेला ओलीलाई भेट्न पुगे गगन थापा

इनम अडियो प्रकरणमा छानबिनको माग उठिरहेका बेला ओलीलाई भेट्न पुगे गगन थापा

काठमाडौं । इनम अडियो प्रकरणमा प्रधानमन्त्री बालेन शाहदेखि नेपाली कांग्रेसका सभापति गगनकुमार थापासम्मका उच्च पदस्थ व्यक्तिमाथि निष्पक्ष छानबिन गर्न जेनजी अगुवाहरूले माग गरिरहेका बेला सभापति थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

थापा मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका थिए। दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, समसामयिक विषय तथा मधेश प्रदेश सरकारका विषयमा छलफल भएको बताइएको छ। यद्यपि, उनीहरूबीच भएका अन्य कुराकानीका विषयमा विस्तृत विवरण सार्वजनिक भएको छैन।

पछिल्लो समय मुलुकको राजनीतिक परिस्थितिबीच विभिन्न दलका शीर्ष नेताहरूबीच भेटघाट र छलफल भइरहेका छन्। यस्तो अवस्थामा कांग्रेस सभापति थापा र एमाले अध्यक्ष ओलीबीच भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

भेटवार्ताबारे दुवै नेताका तर्फबाट औपचारिक धारणा सार्वजनिक भएको छैन। सभापति थापानिकट स्रोतका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

लिङ्क सफलतापूर्वक कापि गरियो!