आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च पुगे, नियुक्ति बदरको माग गर्दै रिट

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च पुगे, नियुक्ति बदरको माग गर्दै रिट

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।

बुधबार सरकारले आफूलाई आईजीपी पदबाट हटाएर डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि कार्की उक्त निर्णय बदरको माग गर्दै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्।

कार्कीका तर्फबाट रिट निवेदन पेस गरिएको उनका निकट अधिवक्ता टिकाबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार आईजीपी नियुक्तिविरुद्ध सर्वोच्चमा रिट पुगेको छ। हाल उक्त रिट दर्ता प्रक्रियामा रहेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।

लिङ्क सफलतापूर्वक कापि गरियो!