काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचका धेरै स्थानमा तुवाँलो लागेको छ।
आज दिउँसो कोशी र मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो पनि कोशी र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।