काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका, ७ बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा ३ पुरुषको शव फेला परेको छ। नुवाकोटमा ६ महिला र ७ पुरुष तथा धादिङमा १० महिला, १० पुरुष, १ बालिका र पहिचान नखुलेका ६ जनाको शव फेला परेको छ।
त्यसैगरी, गोरखामा २ महिला, ८ पुरुष, १ बालक र पहिचान नखुलेका ८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
चितवनमा १३ महिला, १८ पुरुष, १ बालिका, ४ बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ। तनहुँमा १ महिला, ५ पुरुष, १ बालिका, १ बालक र पहिचान नखुलेका १ जनाको शव फेला परेको छ।
यस्तै, नवलपरासी पूर्वमा २ महिला, १२ पुरुष, ३ बालिका, १ बालक र पहिचान नखुलेका ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।


