Wednesday, July 15, 2026
Homeअर्थ र ब्यापारआजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक : अमेरिकी डलर १५२.८३ रुपैयाँ, युरो १७४.४३...

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक : अमेरिकी डलर १५२.८३ रुपैयाँ, युरो १७४.४३ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा, तथा स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८९ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९६ पैसा, तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार जापानी येन (१०) को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा, तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

यस्तै, थाई भाट एकको खरिददर ४ रुपैयाँ ५७ पैसा, यूएई दिराम एकको ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको ३७ रुपैयाँ ४० पैसा, दक्षिण कोरियाली वन (१००) को १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको १५ रुपैयाँ ७५ पैसा, डेनिस क्रोनर एकको २३ रुपैयाँ २५ पैसा, हङकङ डलर एकको १९ रुपैयाँ ४२ पैसा, कुवेती दिनार एकको ४९४ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको ४०३ रुपैयाँ ७६ पैसाओमानी रियाल एकको ३९५ रुपैयाँ ३८ पैसा खरिददर कायम गरिएको छ। यी सबै मुद्राको बिक्रीदर पनि राष्ट्र बैंकले सोहीअनुसार निर्धारण गरेको छ।

त्यसैगरी भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका