काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको प्रि–क्वाटरफाइनल (राउन्ड अफ १६) मा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
मंगलबार बिहान सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा थिए। तर दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले गरेको निर्णायक गोल नै स्पेनको जितका लागि पर्याप्त बन्यो।
यस जितसँगै स्पेन विश्वकपको अन्तिम आठ (क्वाटरफाइनल) मा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा समाप्त भएको छ।
४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। त्यसैले स्पेनसँगको हारसँगै विश्व फुटबलका महान् खेलाडीमध्ये एक रोनाल्डोको विश्वकप यात्रा पनि औपचारिक रूपमा टुंगिएको छ।


