Saturday, July 4, 2026
Homeखेलकुदपेनाल्टी सुटआउटमा अस्ट्रेलियामाथि इजिप्टको रोमाञ्चक जित, अन्तिम १६ मा अर्जेन्टिनासँग भिड्ने

पेनाल्टी सुटआउटमा अस्ट्रेलियामाथि इजिप्टको रोमाञ्चक जित, अन्तिम १६ मा अर्जेन्टिनासँग भिड्ने

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक खेलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

डलास स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा इजिप्टका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित निकाले।

इजिप्टले खेलको १३औँ मिनेटमा इमाम आशुरको शानदार हेडरमार्फत अग्रता लिएको थियो। तर दोस्रो हाफको ५५औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियाले खेल १–१ को बराबरीमा ल्यायो।

त्यसपछि निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा इजिप्टले दबाबलाई उत्कृष्ट रूपमा सम्हाल्दै ४–२ को जित निकाल्यो र नकआउट चरणको यात्रा जारी राख्यो।

यस जितसँगै इजिप्टले अन्तिम १६ मा स्थान पक्का गरेको छ। अब इजिप्टले साविक विश्वविजेता अर्जेन्टिनासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका