Wednesday, April 22, 2026
Homeदेश र प्रदेशइन्द्रावतीमा बाढी : मेलम्ची बजारको घर बगायो,स्थानीय त्रासमा

इन्द्रावतीमा बाढी : मेलम्ची बजारको घर बगायो,स्थानीय त्रासमा

काठमाडौं : इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारको घर बगाएको छ । प्रहरीका अनुसार इन्द्रावती नदीले कटान गर्दै गएपछि शनिबार गोपाल दुलालको घर बगाएको हो ।बाढीले अरु घरहरू पनि जोखिममा परेका छन्।

अविरल वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको उक्त घर बगाएको हो। परिवारका सददस्यहरु यस अगाडिनै अन्यन्त्र बसेकाले सबै सुरक्षित रहेको प्रहरीको भनाई छ।स्थानीयले स्काभेटरले खोला  गहिराउन  सके खोलालाई पुरानै धारमा हिँडाउन सकिने र  थप क्षति रोक्‍न सकिने भन्दै त्यसतर्फ तत्काल ध्यान दिन माग गरेका छन्।

यसअघि बाढीले हेलम्बु गाउँपालिकास्थित प्रहरी चौकी र दुईवटा विद्यालय भवनपनि बगाएको थियो । नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन प्रहरीले आग्रह गरिरहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका