Thursday, April 30, 2026
Homeमनोरन्जनफिल्म ‘बिगुल’ फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने

फिल्म ‘बिगुल’ फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने

काठमाडौं । पूर्वनिर्धारित प्रदर्शन मितिबाट पछि हटेको फिल्म ‘बिगुल’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ। माघ ९ गते रिलिज हुने भनिएको फिल्म अब तीन सातापछि, फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो।

रमेश कोइरालाको निर्देशनमा तयार भएको ‘बिगुल’ मा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर बाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्का र मीरा पण्डितलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।

फिल्मले राजनीतिक खेलवाड, सामाजिक न्याय, पारिवारिक उल्झन तथा पुस्ताबीचको विचारगत मतभेदजस्ता विषयलाई कथावस्तु बनाएको छ। ट्रेलरअनुसार राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने जनआवाज फिल्मको केन्द्रीय कथामा केन्द्रित रहेको देखिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका