Saturday, June 6, 2026
Homeखेलकुदएनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम फेरि फाइनलमै अभागी

एनपीएल दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सलाई, सुदूरपश्चिम फेरि फाइनलमै अभागी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्दै उपाधि हात पारेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम ८५ रनमै अलआउट भयो । लुम्बिनीका बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण सुदूरपश्चिमले ठूलो स्कोर बनाउन सकेन । कप्तान रोहित पौडेलले ह्याट्रिकसहित ३ विकेट लिँदै १२ रन मात्र खर्चिए । शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए भने रुबेन ट्रम्पलमानले २.१ ओभरमा मात्र ३ रन खर्चेर ३ विकेट हात पारे ।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले आक्रामक सुरुआत गर्‍यो । पहिलो ओभरमै २७ रन बनाउँदै दिनेश अधिकारीले चार छक्का प्रहार गरे । उनले १३ बलमा ४२ रन जोडे । डार्सी सर्टले १३ बलमा १४ रन बनाए । कप्तान रोहित पौडेलले १२ बलमा १६ रन, निरोसन डिकवेलाले १२ बलमा ११ रन जोडे । सन्दीप जोराले खाता खोल्न सकेनन् । दिलीप नाथ १ रनमा नटआउट रहे ।

अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम यो पटक पनि फाइनलमै पराजित हुँदै उपाधिबाट वञ्चित भयो । जितसँगै त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका खेलाडी र समर्थकले उत्सव मनाए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका