Saturday, June 6, 2026
Homeखेलकुदएनपिएलमा आज लिग चरणको अन्तिम खेल, कर्णाली याक्स र जनकपुर बोल्ट्स प्रतिष्ठाका...

एनपिएलमा आज लिग चरणको अन्तिम खेल, कर्णाली याक्स र जनकपुर बोल्ट्स प्रतिष्ठाका लागि भीड्दै

काठमाडौँ, २१ मङ्सिर — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ।

अपराह्न ३:३० बजे हुने अन्तिम लिग खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। दुवै टोलीले छ–छ खेलबाट समान २ अङ्क मात्र जोड्न सकेका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन्। त्यसैले आजको खेल प्रतिष्ठा जोगाउने उद्देश्यमै सीमित हुनेछ।

यसअघि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायर चरणका लागि छनोट भइसकेका छन्। काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले भने इलिमिनेटरमा स्थान सुरक्षित गर्दै प्लेअफमा प्रवेश गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका