Wednesday, July 29, 2026
Homeखेलकुदएनपीएलमा आज दुई रोचक मुकाबिला: चितवन–कर्णाली र विराटनगर–पोखरा आमनेसामने

एनपीएलमा आज दुई रोचक मुकाबिला: चितवन–कर्णाली र विराटनगर–पोखरा आमनेसामने

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई रोचक खेल हुँदैछन्।

पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धा गर्नेछन्। खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। चितवन राइनोजको कप्तानी कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सको नेतृत्व सोमपाल कामीले सम्हाल्नेछन्।

यस्तै दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछ। यो खेल अपरान्ह ४ बजे सुरु हुनेछ। विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानीमा खेल्नेछ भने पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल हुन्।

सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं गोर्खाजले उत्कृष्ट सुरुआत गर्दै अंकतालिकामा दुई अंक जोडिसकेको छ।

मंसिर १ गतेदेखि सुरु भएको एनपीएल मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका