Tuesday, April 21, 2026
Homeअपराध र घटनासप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

सप्तरीमा गोली प्रहारबाट पुजारीको हत्या

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान गोली प्रहार गरी हत्या गरिएको छ।

त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान करिब २ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन्। गाउँको पूर्वतर्फ रहेको मन्दिरमा साह कुटी बनाएर एक्लै बस्दै आएका थिए। अज्ञात समूहले उनलाई सडकमा निकालेर पिठ्युँतिर गोली प्रहार गरेको बताइएको छ।

घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा जानकारी गराएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको प्रहरीको भनाइ छ। शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन्। उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि चेकजाँच कडा पारिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका