Saturday, August 1, 2026
Homeखेलकुददुई टी–२० अभ्यास खेलःआज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

दुई टी–२० अभ्यास खेलःआज साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।

आज दुई टी–२० खेल हुने कार्यक्रम रहेको छ। पहिलो खेल बिहान ५:१५ बजे सुरु भएको हो। टस जितेर साउथ अस्ट्रेलियाले फिल्ड रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ। पहिलो खेल सकिएलगत्तै नेपालले सोही टिमसँग दोस्रो खेल ९:१५ बजेपछि खेल्नेछ।

यसअघि मंगलबार नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) विरुद्ध दुई अभ्यास खेल खेलेको थियो। पहिलो खेलमा सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएर नेपाललाई जित दिलाएका थिए। दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चार–चार विकेट हात पारेका थिए।

आजका दुई टी–२० खेलपछि नेपालले अस्ट्रेलियामा एकदिवसीय (ODI) अभ्यास खेल पनि खेल्ने कार्यक्रम छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका