Sunday, June 7, 2026
Homeअपराध र घटनाइन्द्रसरोवरबाट ठूला परिमाणको लागूऔषधसहित चार भारतीय नागरिक पक्राउ

इन्द्रसरोवरबाट ठूला परिमाणको लागूऔषधसहित चार भारतीय नागरिक पक्राउ

काठमाडौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकबाट शनिबार राति ८ः३० बजे सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा भारतका ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका छन्। शेख गजुर स्कारपियो गाडीका चालक थिए।

भारतको सुगौलीबाट पर्साको बीरगंज हुँदै काठमाडौँतर्फ आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीमा तीनवटा ढोकामा फल्स बटम बनाई लागूऔषध लुकाइएको थियो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बरामद लागूऔषधमा नोफिन २,४०० थान, डाईजेपाम २,००४ थान, प्रोमेथाईजन हाईड्रोक्लोराईट २,४०० थान र ट्रमाडोल हाईड्रोक्लोराईड क्याप्सुल ५ थान रहेका छन्।

पक्राउ परेकाहरूले ती लागूऔषध कहाँ र के प्रयोजनका लागि ल्याइएको हो भन्ने खुलाउन सकेका छैनन्। उनीहरूलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमफेदीमा बुझाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका