Sunday, June 7, 2026
Homeअपराध र घटनाकाठमाडौंबाट फरार अभियुक्त लता गुरुङ श्रेष्ठ पक्राउ, पाँच वटा मुद्दामा संलग्न रहेको...

काठमाडौंबाट फरार अभियुक्त लता गुरुङ श्रेष्ठ पक्राउ, पाँच वटा मुद्दामा संलग्न रहेको खुलासा

काठमाडौं । बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार रहेकी लता गुरुङ श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ।

उनीमाथि काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दा नं. ०८०-CB-३७१३ अन्तर्गत २०८१ साल मंसिर १६ गते फैसला सुनाइएको थियो। अदालतले उनलाई रु. २,२२,००० क्षतिपूर्ति, सोही बराबर जरिवाना, रु. ८,८८० पीडित राहत कोषमा बुझाउने र एक दिन कैदको सजाय तोकेको थियो।

उक्त फैसलाअनुसार कार्यान्वयन प्रक्रिया अघि बढाउन श्रेष्ठलाई सोमबार पक्राउ गरी जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको हो।

४९ वर्षीया लता गुरुङ श्रेष्ठ काठमाडौं महानगरपालिका–३० की स्थायी बासिन्दा हुन्। उनलाई २०८२ साउन ५ गते काठमाडौंको सितापाइला क्षेत्रबाट पक्राउ गरिएको थियो।

अनुसन्धानमा खुल्न आएका थप विवरणअनुसार, उनी अन्य थुप्रै फरक फरक मुद्दामा पनि फरार थिइन्ः

ललितपुर जिल्ला प्रहरी परिसरमा दर्ता भएको रु. १,११,००० विगो भएको बैंकिङ कसूर मुद्दामा फरार।

मालिगाउँ प्रहरी वृत्तमा दर्ता भएका दुई फरक मुद्दामा कूल रु. ७,७०,००० विगो भएको बैंकिङ कसूरमा फरार।

थानकोट प्रहरी वृत्तमा रु. २,८७,००० विगो भएको बैंकिङ कसूर मुद्दामा फरार।

वैदेशिक रोजगार विभाग, ताहाचलमा रु. १,८२,००० विगो भएको वैदेशिक रोजगारसम्बन्धी कसूर मुद्दामा समेत फरार।

प्रहरीका अनुसार उनीमाथि भएका फैसलाहरू कार्यान्वयन गर्ने प्रक्रिया हाल अघि बढाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका