काठमाडौं: अग्रणी अनलाइन ट्राभल प्लेटफर्म SastoTickets.com ले अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध प्रिमियम लगेज ब्रान्ड Swiss Military सँग आधिकारिक साझेदारी गरेको छ।
यस सहकार्यअन्तर्गत सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने यात्रुहरूलाई Swiss Military का लगेज र ट्राभल ब्यागमा ४० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। टिकट बुक गरेपछि यात्रुहरूले विशेष लिंक र क्युआर कोड प्राप्त गर्नेछन्, जसको प्रयोग गरी उनीहरूले उच्च गुणस्तरका Swiss Military लगेज तथा ब्याकप्याकहरूमा छुट लिन सक्नेछन्।
Swiss Military विश्वभर टिकाउ, स्टाइलिश र भरोसायोग्य ट्राभल गियरको लागि चिनिएको ब्रान्ड हो। हालै कम्पनीले नेपालमा आयात तथा वितरण सुरु गरेको छ र आफ्ना उत्पादनहरूमा १० वर्षको वारेन्टी सुविधा समेत प्रदान गर्दै आएको छ—नेपाली बजारका लागि एक विशेष र नयाँ सुविधा।
Swiss Military नेपालका प्रतिनिधि वासु सर्राफले भने, “नेपालको अग्रणी अनलाइन ट्राभल एजेन्सी सस्तो टिकेट्ससँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं। यो साझेदारीमार्फत नेपाली यात्रुहरूलाई उच्चस्तरीय लगेज किफायती मूल्यमा उपलब्ध गराउँदै समग्र यात्रा अनुभवलाई उत्कृष्ट बनाउने हाम्रो लक्ष्य हो।”
सस्तो टिकेट्सका मार्केटिङ प्रमुख विशाल दाहालले भने, “पछिल्लो ८ वर्षमा हामीले उत्कृष्ट सेवा दिँदै ग्राहकहरूको विश्वास जितेका छौं। Swiss Military सँगको सहकार्यले यात्राको सुरुआतलाई अझ सहज र सन्तोषजनक बनाउन मद्दत पुर्याउनेछ।”
यो सहकार्य नेपालमा ट्राभल र ई–कमर्स क्षेत्रबीचको पहिलो प्रकारको पहल हो, जसले अनलाइन बुकिङसँग गुणस्तरीय भौतिक उत्पादनलाई जोड्ने अभ्यासको थालनी गरेको छ। दुबै कम्पनीले आगामी दिनमा थप नविन तथा मूल्यवर्धक योजनाहरू ल्याउने प्रतिबद्धता जनाएका छन्।
छुटको लाभ लिनका लागि ग्राहकले www.sastotickets.com/offers मा जान सक्नेछन् अथवा Swiss Military का आधिकारिक विक्री केन्द्रबाट पनि सामान खरिद गर्न सक्नेछन्।


