काठमाडौं: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व सल्लाहकार सर्गेई मार्कोभले पुटिन र डोनाल्ड ट्रम्पबीचको राम्रो सम्बन्ध युक्रेन युद्धविराम वार्तामा प्रभावकारी हुन सक्ने बताएका छन्।
बीबीसी रेडियो ४ को ‘टुडे’ कार्यक्रममा बोल्दै मार्कोभले भने, “पुटिन र ट्रम्पको सम्भावित सरकारबीचको सम्बन्ध, पुटिन र जो बाइडेनबीचको सम्बन्धभन्दा धेरै फरक हुनेछ।”
उनले स्पष्ट पार्दै भने, “बाइडेन पुटिनका शत्रु थिए, जबकि ट्रम्प उनका प्रतिद्वन्द्वी हुन्।”
मार्कोभका अनुसार, “युद्धविराम प्रस्तावहरूले पुटिनलाई कठिन परिस्थितिमा राखेका छन् किनभने रूसका जनता अब यो युद्धबाट थाकेका छन् र शान्ति चाहन्छन्।”


