Monday, April 27, 2026
Homeअन्तराष्ट्रियसबै कुरा रुसको नियतमा निर्भर गर्दछ : जेलेन्स्की

सबै कुरा रुसको नियतमा निर्भर गर्दछ : जेलेन्स्की

काठमाडौं: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साउदी अरेबियामा अमेरिका र युक्रेनी अधिकारीहरूबीच भएको युद्धविराम वार्तालाई सकारात्मक बताएका छन्।

जेलेन्स्कीले युक्रेनले शान्ति र युद्धविरामको लागि आफ्नो स्पष्ट अडान राखिसकेको भन्दै अब रूसको जवाफ पर्खिनुपर्ने बताए। अमेरिकासँगको वार्तापछि युक्रेनले ३० दिने युद्धविराम प्रस्ताव अनुमोदन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले भने, “अब निर्णय रूसको हातमा छ— उसले युद्धविराम चाहन्छ वा हिंसा जारी राख्न चाहन्छ।”

जेलेन्स्कीका अनुसार युक्रेनले आफ्नो मनसाय स्पष्ट गरिसकेको छ, अब रूसले यसको जवाफ दिनुपर्नेछ।

यसअघि, रुसले अमेरिकी अधिकारीहरूबाट पूर्ण जानकारी प्राप्त गरेपछि मात्र आफ्नो आधिकारिक प्रतिक्रिया दिने बताएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका