Friday, June 26, 2026
Homeअर्थ र ब्यापारमुद्रास्फीति चार दशमलव १६ प्रतिशत

मुद्रास्फीति चार दशमलव १६ प्रतिशत

काठमाडौं: नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ। सात महिनाको तथ्यांकमा आधारित राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको देखाएको छ।

राष्ट्र बैंकका अनुसार माघ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रह्यो। अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत थियो।

खाद्य तथा पेयपदार्थ समूह

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक सबैभन्दा उच्च १२.८० प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी, दाल तथा गेडागुडी ९.०६ प्रतिशत, तरकारी ७.५६ प्रतिशत, तथा खाद्य तथा खाद्यजन्य पदार्थ ६.३६ प्रतिशतले महँगो भएको छ।

तर, मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक भने २.९८ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूह

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको उपभोक्ता मूल्य सूचकांक १०.९१ प्रतिशतले बढेको छ। त्यस्तै, कपडाजन्य तथा जुत्ताचप्पल ५.३६ प्रतिशत, मदिराजन्य पेयपदार्थ ५.०८ प्रतिशत, यातायात ५.०१ प्रतिशत, सुर्तीजन्य पदार्थ ४.१० प्रतिशत, र फर्निसिङ तथा घरायसी उपकरण ४.०७ प्रतिशतले महँगिएको छ।

ग्रामीण र सहरी क्षेत्र

मुद्रास्फीति ग्रामीण क्षेत्रमा ४.७३ प्रतिशतले बढ्दा सहरी क्षेत्रमा ३.९६ प्रतिशतले वृद्धि भएको देखिएको छ।

प्रदेशगत मुद्रास्फीति

प्रदेशगत रूपमा कोशी प्रदेशमा वार्षिक मुद्रास्फीति ६.१५ प्रतिशत, मधेश प्रदेशमा ३.९१ प्रतिशत, बागमती प्रदेशमा ३.३५ प्रतिशत, गण्डकी प्रदेशमा ३.४० प्रतिशत, लुम्बिनी प्रदेशमा ४.१६ प्रतिशत, कर्णाली प्रदेशमा ४.०५ प्रतिशत, तथा सुदूरपश्चिम प्रदेशमा ४.७१ प्रतिशत रहेको छ।

त्यस्तै, काठमाडौं उपत्यकाको वार्षिक मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत, र हिमाली क्षेत्रको ५.२१ प्रतिशत रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका