Sunday, June 7, 2026
Homeअपराध र घटनाकाठमाडौंमा अवैध अनलाइन जुवा सञ्जालमा छापा, २३ जना पक्राउ

काठमाडौंमा अवैध अनलाइन जुवा सञ्जालमा छापा, २३ जना पक्राउ

काठमाडौं: बूढानीलकण्ठ नगरपालिका–३ मा अवस्थित एक घरमा प्रहरीले छापा मारेर २३ जनालाई पक्राउ गरेको छ।

आइतबार राति अबेरसम्म चलेको सर्च अपरेशनको क्रममा अनलाइन जुवा र सट्टेबाजी जस्ता अवैध गतिविधि सञ्चालन भइरहेको स्थानमा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको हो।

काठमाडौं प्रहरी परिसरका एसएसपी विश्व अधिकारीका अनुसार छापाको क्रममा ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरिएको छ। “अनलाइन जुवा र सट्टेबाजी सञ्चालन भइरहेका प्रमाणसहित उनीहरूलाई पक्राउ गरिएको हो,” उनले भने।

अवैध अनलाइन गतिविधिहरू नियन्त्रण गर्न प्रहरीले निरन्तर निगरानी गरिरहेको र आवश्यक अनुसन्धान जारी रहेको पनि अधिकारीले जानकारी दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका