Sunday, June 7, 2026
Homeअपराध र घटनाकाठमाडौँमा १७ वर्षीया किशोरी बलात्कार गर्ने २ जना पक्राउ

काठमाडौँमा १७ वर्षीया किशोरी बलात्कार गर्ने २ जना पक्राउ

काठमाडौँ: काठमाडौँको सेतोपुलमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका किशोरहरूमा दैलेखको नारायण नगरपालिका–६ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका–३०, सेतोपुलमा बस्दै आएका सम्राट् बस्नेत र सरोज महतारा रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, पुस ९ गते ती किशोरहरूले किशोरीलाई घुम्न जाने बहानामा ललाईफकाई डेरामा पुर्‍याएका थिए। त्यहाँ बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएको र आरोपितलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका