Friday, April 24, 2026
Homeअन्तराष्ट्रियमिल्टन आँधी अमेरिकाको फ्लोरिडा पुग्यो, १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइयो

मिल्टन आँधी अमेरिकाको फ्लोरिडा पुग्यो, १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइयो

फ्लोरिडा: अमेरिकामा मिल्टन आँधीका कारण विनाशको सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा तयारी तीव्र रूपमा भइरहेको छ ।

यो आँधी फ्लोरिडाको सारासोटा तिर सरेको देखिन्छ। आँधीलाई ध्यानमा राख्दै फ्लोरिडाको प्रशासनले तटीय क्षेत्रहरू खाली गर्न आदेश दिएको छ। करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसका अनुसार मानिसहरूलाई बाहिर निकाल्ने समय अब ​​सकिएको छ। लाखौँ मानिस पहिले नै आफ्नो घर छोडेर गइसकेका छन्। मिल्टन अहिले सारासोटा पुगेको छ ।

यसअघि राष्ट्रपति जो बाइडेनले जनतालाई यो शताब्दीकै सबैभन्दा विनाशकारी आँधी हुने चेतावनी दिएका थिए। उनले आँधीबाट जनतालाई बचाउने सरकारको प्रयासको विरुद्ध डोनाल्ड ट्रम्पको कथित दुष्प्रचारको आलोचना गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका