Friday, April 24, 2026
Homeअन्तराष्ट्रियकोलकाता बलात्कार प्रकरण: कोलकातामा डाक्टरको बलात्कारपछिको हत्याको मुद्दामा भारतको सर्वोच्च अदालतले आज...

कोलकाता बलात्कार प्रकरण: कोलकातामा डाक्टरको बलात्कारपछिको हत्याको मुद्दामा भारतको सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने

काठमाडौं: कोलकाताको आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले मंगलबार सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्च अदालतको वेवसाइटमा अपलोड भएको अगस्ट २० गतेको सूची अनुसार उक्त मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले गर्नेछ । यस विषयमा अदालतले आफैँ संज्ञान लिइसकेको छ ।

कोलकाता उच्च अदालतले हालै पश्चिम बङ्गाल प्रहरीको मुद्दा सीबीआईलाई सुम्पेको थियो। कोलकाता घटनालाई लिएर देशका धेरै भागमा विरोध प्रदर्शन जारी छ।

योसँगै बीजेपी र तृणमूलले यो सम्पूर्ण मामिलामा एकअर्कालाई आक्रमण गरिरहेका छन् । भाजपाका प्रवक्ता गौरव भाटियाले सोमबार पार्टीको तर्फबाट पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ममता बनर्जी अराजकतावादी भएको बताएका थिए।

यसको जवाफमा टीएमसीका प्रवक्ता कुणाल घोषले भने ‘गौरव भाटिया को हुन् ? पहिले उन्नाव, हाथरस र मणिपुरका लागि भाजपाले माफी माग्नुपर्छ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका