Monday, September 21, 2026
Homeराजनीतिसंसदमा विश्वासको मतसँगै अस्थिरताको सुरुवात

संसदमा विश्वासको मतसँगै अस्थिरताको सुरुवात

काठमाडौँ । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत पाएसंगै अस्थिरतासमेत सुरु भएको छ जसले गर्दा स्थिर सरकार कायम हुनेमा आशंका जीवितै रहेको शीर्ष नेताहरूको अभिव्यक्तिबाट प्रष्ट देखिन्छ ।

विश्वासको मत लिने दिन प्रधानमन्त्रीसहित सत्ता पक्षकै शीर्ष नेताका अभिव्यक्तिले आपसी अविश्वास र आशंकालाई उब्जिएको हो।
प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग फेरि सहकार्य हुन सक्ने सङ्केत गरे । ओलीको सङ्केतले प्रतिपक्षी बेञ्चमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवालाई केही राहत मिलेको देखिन्छ । ओलीले देउवालाई मिल्न आउन गरेको सङ्केततर्फ लक्षित गर्दै प्रचण्डले मिलेर आउन चुनौती दिएका थिए।

अर्को घटक एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरूलाई सुइँको समेत नदिइ गठबन्धन फेरबदल गरेकोमा प्रचण्डप्रति आक्रोश पोखेका थिए।

सत्ता गठबन्धनका निर्णायक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समेत मतभेद देखियो । पार्टीभित्र छलफल नै नगरी सभापति रवि लामिछानेले सत्ता समीकरण बनाउन भूमिका खेलेकोमा नेताहरूले प्रश्न उठाएका थिए ।

यस्तै, सरकारमा जाने विषयमा जसपाभित्र पनि असन्तुष्टिका स्वर बढ्दै गएको छ । आपसी मतभेद, शर्तबन्दी र आशंकाबिच प्रधानमन्त्रीले पाएको विश्वासको मतसँगै राजनीति अस्थिरताको दुष्चक्रमा फस्ने खतरा देखिएको मुख्य दलका नेताहरूले स्वीकारेका छन् ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका