Friday, April 17, 2026
Homeराजनीतिस्थानीय तह निर्वाचन

स्थानीय तह निर्वाचन

लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ 

वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक करिब करिब  अन्तिमअन्तिम चरणमा पुगेको छ । हालसम्म  सार्वजनिक भएको नतिजाअनुसार मुलुकको ७५३ स्थानीय तहमध्ये नेपाली काँग्रेसले सबै भन्दा धेरै सिट जितेर पहिलो स्थान ओगट्न सफल भएको छ भने एमाले दोस्रो बनेको छ । २०७४ मा सम्पन्न  स्थानीय तह निर्वाचनमा एमालेले पहिलो स्थान हासिल गरेकोमा यो पटक दोस्रो स्थानमा मात्र झरेको छैन, महानगर र उपमहानगरकोहरूको सिट पनि गुमाएको छ।  

 

६ महानगरमध्ये पहिले जितेको काठमाडौँ र पोखरामा यसपाली एमालेले पूरै शक्ति लगाउँदा पनि परिणाम आफ्नो पक्षमा पार्न नसक्ने स्थिति देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले निर्वाचन हुनु अघि एक कार्यक्रममा कतिपय  मिडियाका सम्पादकहरूलाई बोलाएर एमालेले एक्लै चुनाव लडेर  चमत्कार गर्ने बताए थिए । नतिजा प्रकाशनले उनको चुरीफुरी देखाइदिएको छ।  

एमालेले महानगरको सिट मात्र गुमाएको छैन, उपमहानगरको सिट पनि गुमाएको छ।  ५ वर्षअघिको चुनावमा ११ उपमहानगर मध्ये  ७ वटामा जित हात पारेको थियो।  तर पछि भएको उपनिर्वाचनमा धरान गुमाएको थियो । इटहरी, जितपुरसिमरा, हेटौँडा, बुटवल, घोराही र तुलसीपुरको प्रमुख जितेको एमालेले यो पटक घोराहीबाहेक अन्य सबै उपमहानगर गुमाइसकेको छ । तुलसीपुरको नतिजा भने आउन बाँकी नै छ, यद्यपि यहाँ एमाले अगाडि 

नै छ। ११ उपमहानगरमा जितेको एमालेले  तुलसीपुर जितेमा, जम्मा २ उपमहानगर मात्र एमालेको पोल्टामा जानेछ।  

यसपटकको निर्वाचन परिणामले लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ चार बल्ड्याङ उखानलाई चरितार्थ गरिदिएको छ।  एमालेले निकै घमण्डका साथ “एमाले गठबन्धनसंग एक्लै चुनाव लडेर नसोचेको परिणाम ल्याउनेछ’ भन्दै चम्किरहेकोमा वास्तवमै नसोचेको परिणाम आएर अघिल्लो निर्वाचनमा पहिले भएको पार्टी दोस्रोमा झरेको छ। 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका