काठमाडौं: नेपालमा थप १० हजार बढीमा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि २० हजार १८७ जनाको नमुना परीक्षण गर्दा थप १० हजार २५४ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ७०८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने एकैदिन १६ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ।


