Wednesday, June 3, 2026
Homeअपराध र घटनासशस्त्र प्रहरीद्वारा मदिरासहित भारतीय नम्बरको बोलेरो बरामद

सशस्त्र प्रहरीद्वारा मदिरासहित भारतीय नम्बरको बोलेरो बरामद

रौतहटस्थित सशस्त्र प्रहरीले अवैध मदिरा सहितको एउटा भारतीय नम्बरको महिन्द्रा बोलेरो गाडी बरामद गरेको छ । लुकाई छिपाई रौतहटबाट विभिन्न ब्रान्डको मदिरा लिएर भारततर्फ गइरहेको बीआर ०१ टिए २६२९ नम्बरको बोलेरोलाई  सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गौरबाट खटिएको टोलीले परोहा नगरपालिका ७ नरकटिया गाउँ छेउ नजिकैबाट बिहीबार साँझ अवैध मदिरासहितको उक्त बोलेरो नियन्त्रणमा लिएको थियो ।

बरामद मदिरा तथा भारतीय नम्बरको बोलेरो गाडीसहितको कुल १३ लाख, ३६ हजार,७२० रुपैया जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटले जनाएको छ ।

छिमेकी मुलुक भारतको बिहार राज्यमा नितिश कुमार नेतृत्वको सरकारले मदिरा निषेध गरेपछि सीमासँग जोडिएका नेपाली बजारबाट तस्करीको माध्यमले नेपाली विभिन्न ब्रान्डका मदिरा अवैध रुपमा भारत लिने गरिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका