Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियमोदी सरकारद्वारा मदर टेरेसाको च्यारेटीको बैंक अकाउन्ट बन्द

मोदी सरकारद्वारा मदर टेरेसाको च्यारेटीको बैंक अकाउन्ट बन्द

भारत सरकारले मदर टेरेसाको पश्चिम वंगालस्थित मिसिनरिज अफ च्यारेटी (एमओसी) को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरूले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरूलाई बिथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो । हिन्दुवादी विशेष गरी मोदीको उत्तर प्रदेशस्थित मोदीको निर्वाचन क्षेत्रमा क्रिश्चियनविरुद्ध जाइलागेका छन् । आगामी फ्रेब्रुअरीमा उत्तर प्रदेशमा विधान सभा निर्वाचन हुँदैछ ।

दान दिने नाममा मिसिनरिज अफ च्यारेटीले धार्मिक कार्यक्रम सञ्चालन गरेर गरिब हिन्दु तथा अल्पसङ्ख्यक जनजातिलाई पैसा र निःशुल्क शिक्षा तथा आवास प्रदान गरेको भन्दै मोदीको भारतीय जनता पार्टी (भाजपा)ले च्यारेटीको विरोध गर्दै आएको छ ।

 इजाजत नवीकरणका लागि च्यारेटीले गरेको निवेदन अस्वीकार गरिएको गृह मन्त्रालयले जनाएको छ । इजाजत नवीकरण नभए च्यारेटीले विदेशबाट कानुनी रूपमा रकम निकास गर्न सक्दैन । च्यारेटीको निवेदन नवीकरणलाई मनन गर्दा ‘प्रतिकूल परिणाम’ देखिएको मन्त्रालयले जनाएको छ । यसबारे मन्त्रालयले प्रस्ट रूपमा उल्लेख गरेको छैन ।

 ममता बनर्जीकाे विराेध

 मदर टेरेसाको मिसिनरिज अफ च्यारेटीको बैंक अकाउन्ट बन्दको खबरले आफू चकित परेको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छिन् । ‘अकाउन्ट बन्द हुँदा २२ हजार बिरामी र कर्मचारी खाना र औषधीबाट वञ्चित भएका छन् । मानवीय प्रयत्नसँग कुनै पनि सम्झौता गर्न सकिदैन,’ मोदी सरकारको प्रमुख आलोचकसमेत रहेकी बनर्जीले ट्विट गरेकी छिन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका