वासिङटन डिसी : संयुक्त राज्य अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । संसारमा कोरोना महामारी सुरु भएपछि हालसम्म अमेरिकामा मर्नेहरुको संख्या ८ लाख नाघेको हो । पछिल्लो समय सार्वजनिक जोन्स हप्किन्स ब्लुमवर्गको तथ्यांकले अमेरिकामा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको देखाएको हो । जुन संसारभरकै उच्च मृत्युदर हो ।
सो तथ्यांकअनुसार मर्नेहरुमा बुढापाका र कोभिड १९ विरुद्ध खोप नलगाएका मानिस बढि छन्। सन् २०२१ र २०२० मा सबैभन्दा बढि मृत्यु भएको छ । अमेरिकाभर सोमबारसम्म कोरोना संक्रमितको संख्या ५ करोड नाघेको बताइएको छ ।
पछिल्लो ११ हप्तामा मात्र अमेरिकामा १ लाख मानिसले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको र कोरोनाबाट मर्नेहरुको संख्या विगतमा भन्दा अझै बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।


