उदयपुरको कटारी नगरपालिका–६ स्थित वैद्यनाथ र तावा खोलाको दोभानबाट प्रहरीले गाँजा बरामद गरेको छ । बेवारिसे अवस्थामा भेटिएको २४ किलो गाँजा बरामद गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।
सो गाँजा ईलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ । गाँजा छाड्ने व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


