Thursday, July 2, 2026
Homeखेलकुदह्यारी केनको दुई गोलमा इङ्ग्ल्यान्ड अन्तिम १६ मा, डीआर कंगो विश्वकपबाट बाहिरियो

ह्यारी केनको दुई गोलमा इङ्ग्ल्यान्ड अन्तिम १६ मा, डीआर कंगो विश्वकपबाट बाहिरियो

काठमाडौं । कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा बुधबार राति भएको राउन्ड अफ ३२ को खेलमा इङ्ग्ल्यान्डले डीआर कंगोलाई २–१ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो।

खेलमा पहिलो अग्रता भने डीआर कंगोले लिएको थियो। सातौं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई १–० को अग्रता दिलाएका थिए।

पछि खेलमा पुनरागमन गरेको इङ्ग्ल्यान्डका लागि कप्तान ह्यारी केन नायक बने। उनले ७५औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ को निर्णायक अग्रता दिलाए। बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि इङ्ग्ल्यान्ड विजयी भयो।

यस जितसँगै इङ्ग्ल्यान्ड विश्वकपको अन्तिम १६ मा पुगेको छ भने डीआर कंगोको यात्रा राउन्ड अफ ३२ मै समाप्त भएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका