Monday, May 11, 2026
Home Blog Page 848

२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

0

नारायणगढ (चितवन): चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो ।

नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताउनुभयो । वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उहाँले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाको उल्लेख्य सहभागिता नहुनु दुःखद भएको बताउनुभयो ।

वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीमा मानव बस्ती वृद्धिका कारण जलचर सङ्कटमा परेका बताउनुभयो । सफाइका निम्ति चित्रसेन मध्यवर्ती सामुदायिक वन, सौराहा लेडी जेसीज, लियो क्लब अफ चितवन सौराहा, मैनहा युवा क्लबलले सहयोग गरेका थिए ।

सप्ताहअन्तर्गत आज वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना ¥याली, सप्ताहको अन्तिम दिन भोलि वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयमा छलफल र संरक्षणमा योगदान गरेकालाई सम्मान गर्ने कार्यक्रम छ ।

मृगकुञ्जको अगुवाइमा जारी वन्यजन्तु सप्ताहमा स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्था गरी २६ वटा सङ्घसंस्था संलग्न छन् ।

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी

0

टीकापुर: कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ ।

पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको हो । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घटेपछि सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइने पालिकाले जनाएको छ ।

जानकी गाउँपालिकाका तीन वटा बाल विकास कक्षा र ३० वटा सामुदायिक विद्यालयमा अब अङ्ग्रेजी माध्यमको पढाइ हुनेछ । गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थिति बढाउन अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णय भएको बताउनुभयो ।
पालिकाका ३३ वटै विद्यालयमा गाउँपालिकाले भर्ना अभियानसँगै अङ्ग्रेजी माध्यममा पढाइ हुनेगरी व्यवस्थापन थालेको छ । अङ्ग्रेजी माध्यमबाट अध्यापनका लागि गाउँपालिकाले शिक्षकको क्षमता अभिवृद्धि गर्न ‘मन्टेश्वरी’ तालिमसमेत सञ्चालन गरिसकेको छ ।

गाउँपालिका र विद्यालयको तयारीसँगै गाउँपालिकामा शैक्षिक गुणस्तरको लागि अभिभावक सकरात्मक भई बालबालिकालाई विद्यालयको पहँुचमा पु¥याउन आवश्यक रहेको अभिभावक बताउँछन् । अभिभावक तेतरानी चौधरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भएमा सबै विद्यार्थी सामुदायिकमै जाने बताउनुभयो । “निजी विद्यालयमा महँगो शुल्क तिर्नुपर्छ, सामुदायिक त्यो शिक्षा पाए किन अभिभावकले बालबालिकालाई निजीमा भर्ना गर्ने ?”, उहाँले प्रश्न गर्नुभयो, “अब कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यममा पढाउनुपर्छ । यसो गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्छ ।”

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

0

महोत्तरी: स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढेको पाइएको छ । साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन् ।

मटिहानी नगर कार्यपालिकाको कार्यालयले बस्तीबस्तीमा थालेको घुम्ती सेवाप्रति सर्वसाधारणबीच आफ्ना ठाउँका आवश्यकता र तिनको समाधानका बारेमा छलफल पनि बढाएको हो । नगर कार्यपालिकाको कार्यालयले सबै वडा बस्ती पुग्ने तालिकासहित सोमबार थालिएको एकीकृत सेवा टोलीमा जनसहभागिता बढ्दै गएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्मा बताउनुहुन्छ ।

नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयबाट सम्पादन हुँदै आएका जनसरोकारका काम एकीकृत घुम्ती सेवामा समावेश गरिएको छ । उक्त सेवाअन्तर्गत जन्मदर्तासहितका घटना दर्ता, नागरिकता तथा अन्य महत्वपूर्ण कामका निम्ति दैनिक हुँदै आएका सिफारिसका अतिरिक्त योजनासम्बन्धी अभिमुखीकरण, छलफल र सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, नाता प्रमाणित, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरणसहितका कार्यक्रम समाविष्ट छन् ।

यसैगरी कृषिसम्बन्धी विज्ञबाट माटो परीक्षण, कृषि मिटर सिफारिस र तरकारीका मिनी कीट (बीउ) वितरण गरिँदै छ । घुम्ती सेवामा पशुबस्तुको गोबर र गर्भ परीक्षण, पशुपक्षीसम्बन्धी विभिन्न स्वास्थ्य समस्याबारे परामर्श तथा औषधि वितरणका कार्यक्रम पनि छन् । यसै कार्यक्रममा राजस्व असुली, गरिब परिचयपत्र वितरणसहितका वडा कार्यालयबाट प्रवाह हुने व्यक्तिगत घटना दर्तालगायत सेवा पनि समावेश गरिएको छ ।

एकै ठाउँमा विविध सेवा प्रवाहले विभिन्न कार्यालयबाट हुँदै आएका काम सर्वसाधारणले आफ्नै बस्तीमा सजिलै पाएका छन् । घुम्ती सेवाले भएका जनसरोकारका विकासे कार्यबारे आम चासो बढाएको मटिहानी नगरका उपप्रमुख मञ्जुदेवी साह बताउनुहुन्छ । यस क्रममा व्यक्तिगत घटना दर्ताबारे सचेतना बढेको र स्थानीय आवश्यकताबारे योजना बनाउन सर्वसाधारणको सहभागिता बढेको उहाँ बताउनुहुन्छ ।

नगर कार्यपालिकाको कार्यालयले जनसरोकारका काममा सर्वसाधारणको चासो बढाउन र सम्पादित कामबारे आम उपभोक्ताको धारणा समेट्न यो कार्यक्रम सहयोगी हुने जनाएको छ । आफ्नै बस्तीमा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधि, कार्यालयका अधिकृत कर्मचारी र विभिन्न शाखाका प्रमुखलाई एकै ठाउँमा भेटेपछि सर्वसाधारण खुलेर आफ्ना आवश्यकता र कामबारे टिप्पणी गर्ने भएका छन् । मुख्यरुपमा जनसरोकारका काममा जनसहभागिता बढाउने उद्देश्यसाथ सुरु गरिएको एकीकृत घुम्ती सेवाको कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । नगरमा नौ वडाका ५० भन्दा बढी बस्ती छन् । यो सेवा सबै बस्तीमा पु¥याइने प्रतिबद्धता उहाँ व्यक्त गर्नुहुन्छ ।

जिल्लाको दक्षिणपूर्वमा अवस्थित भारतसँग सीमा जोडिएको मटिहानीमा प्रारम्भ भएको यो कार्यक्रमको प्रभावकारिताबारे अब छिमेकका स्थानीयतहका सर्वसधारणमा पनि चासो बढेको छ । जलेश्वर, पिपरासहितका मटिहानीसँग सीमा जोडिएका स्थानीयतहका सर्वसाधारणले आफ्ना प्रतिनिधिसँग यस्तो कार्यक्रम आफ्ना गाउँठाउँमा पनि शीघ्र आयोजना गर्न अनुरोध गर्न थालेका छन् ।

लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली भएको तथा अन्य स्थानमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदू्रपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने र बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडै क्षेत्रका एक–दुई स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना
छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

ताप्लेजुङ विद्युत् उत्पादनको केन्द्र बन्दै

0

फुङ्लिङ (ताप्लेजुङ):ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ। यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् ।

विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

मिक्वाखोला गाउँपालिका हँुदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुने छ । काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।

यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङवा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।

अमेरिकाले इरानमाथि नयाँ प्रतिबन्ध लगाउन सक्छ – अमेरिकी अर्थमन्त्री

0

काठमाडौं । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले इरानले शनिबार इजरायलमा गरेको आक्रमणपछि अमेरिकाले “आगामी दिनहरूमा” इरानमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने बताएकी छिन् ।

येलेनका अनुसार इरानको तेल निर्यात “एक सम्भावित क्षेत्र हो जुन प्रतिबन्धको अधीनमा हुन सक्छ।” उनले इरानको कारबाही मध्यपूर्वमा स्थायित्वका लागि ठूलो खतरा भएको बताइन् ।

“यस शनिबारको आक्रमणदेखि लाल सागरमा हुथी विद्रोहीहरूले गरेको आक्रमणसम्म, इरानको कार्यले क्षेत्रको स्थिरतालाई खतरामा पार्न सक्छ र आर्थिक नोक्सानी निम्त्याउन सक्छ,” उनले चेतावनी दिइन् ।

वाशिंगटनमा येलेनले भनिन् – ट्रेजरीले आफ्नो प्रतिबन्धको अधिकार प्रयोग गर्नेछ र इरानी शासनको खराब र अस्थिर गतिविधिलाई रोक्न जारी राख्न सहयोगीहरूसँग काम गर्नेछ ।

यसअघि इजरायलले ३२ देशलाई पत्र लेखेर इरानमाथि प्रतिबन्ध लगाउन माग गरेको थियो । इजरायलका विदेशमन्त्रीले इजरायलको रिभोलुसनरी गार्ड कोर्प्सलाई ‘आतंकवादी संगठन’ घोषणा गर्नुपर्ने बताएका छन् ।

गत शनिबार इरानले पहिलो पटक आफ्नो भूमिबाट इजरायलमा ३ सय मिसाइल प्रहार गरेको थियो । इजरायलले लक्ष्यमा प्रहार गर्नु अघि धेरै क्षेप्यास्त्रहरूलाई बेअसर गरेको दाबी गरेको छ।

अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफमा इरानले यो हमला गरेको हो । यस हमलामा कुल १३ जनाको ज्यान गएको थियो जसमा इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डर र उनका सहायक पनि मारिएका थिए ।

इजरायलले यस हमलाको जिम्मेवारी लिएको छैन तर यो आक्रमण इजरायलले नै गरेको मानिन्छ।

५० वर्षअघि पश्चिमी देशहरूभन्दा बोल्ड देश इरान कसरी कट्टर इस्लामिक बन्यो ?

0

काठमाडौं । करिब १६.५ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इरानका कारण मध्यपूर्वमा तनाव बढेको छ । इरानले आइतबार राति इजरायलमाथि तीन सयभन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । तर, इजरायलले इरानका ९९ प्रतिशत मिसाइल र ड्रोन खसालेको दाबी गरेको छ ।

अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा भएको हवाई हमलाको जवाफमा इरानले यो हमला गरेको हो । अप्रिल १४ मा इजरायलमा भएको आक्रमणपछि इरानले आफ्नो उद्देश्य हासिल भएको र थप आक्रमण गर्न आवश्यक नरहेको बताएको थियो ।

अहिले तनाव बढ्दै गएको छ । राष्ट्रसंघका लागि इरानी राजदूतले इजरायलले अर्को गल्ती गरेमा इरानको प्रतिक्रिया निकै गम्भीर हुने बताए ।

तर, केही दशकअघिसम्म इरान आजको जस्तो थिएन । इजरायलसँग पनि इरानको राम्रो मित्रता थियो। र अमेरिकासँग पनि। यति मात्र होइन, एक समय यस्तो थियो जब इरान पनि अमेरिका र युरोपेली देशजस्तै खुला विचारको थियो । तर आज यो कडा इस्लामिक देश हो, जहाँ हिजाब नलगाउँदा पनि सजाय दिइन्छ।

७० को दशकमा इरान अहिलेका पश्चिमी देशहरू जस्तै बोल्ष थियो। यहाँ पश्चिमी सभ्यताको प्रभुत्व थियो । मानिसहरूको लुगा र खानपानमा कुनै प्रतिबन्ध थिएन।

इरानको यो खुलापनको कारण त्यहाँका शासक रेजा शाह पहलवी थिए। सन् १९३६ मा पहलवी वंशका रेजा शाहले हिजाब र बुर्कामाथि प्रतिबन्ध लगाएका थिए । यो महिला स्वतन्त्रताको सन्दर्भमा एक धेरै क्रान्तिकारी कदम थियो।

उनीपछि उनका छोरा रेजा पहलवी इरानको शासक बने। १९४९ मा नयाँ संविधान लागू भयो। मोहम्मद मोसाद्देक सन् १९५२ मा प्रधानमन्त्री बने तर सन् १९५३ मा उनलाई पदच्युत गरियो । यसपछि रेजा पहलवी देशको नेता बने ।

रेजा पहलवीको शासनकालमा पनि हिजाब र बुर्कामा प्रतिबन्ध लगाइएको थियो तर त्यतिबेला पुरुषले महिलालाई घरबाट बाहिर निस्कन रोक लगाएका थिए । उनले यस नियममा केही छुट दिए पनि उनी पश्चिमी सभ्यताको पक्षमा थिए ।

तर यी सबैको परिणाम जनताले रेजा पहलवीलाई अमेरिकाको ‘कठपुतली’ भन्न थाले । त्यतिबेला उनका प्रतिद्वन्द्वी अयातुल्ला रुहोल्लाह खामेनी थिए। १९६४ मा पहलवीले खामेनीलाई निर्वासित गरे।

सन् १९६३ मा इरानका शासक रेजा पहलवीले श्वेत क्रान्तिको घोषणा गरेका थिए । आर्थिक र सामाजिक सुधारको सन्दर्भमा यो ठूलो घोषणा थियो। तर इरानलाई पश्चिमी मूल्यमान्यतातर्फ लैजाँदै गर्दा जनताले विरोध गर्न थाले ।

सन् १९७३ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थाल्यो । जसका कारण इरानको अर्थतन्त्र ध्वस्त हुन थाल्यो । सेप्टेम्बर १९७८ मा सार्वजनिक क्रोध उत्पन्न भयो। पहलवीको विरुद्धमा ठूलो प्रदर्शन सुरु भयो।

उनीहरुको नेतृत्व मौलवीहरुले गरेका थिए । यी मौलवीहरूले फ्रान्समा बसेका अयातोल्लाह रुहोल्लाह खामेनीबाट निर्देशन लिइरहेको बताइएको थियो ।

केही महिनाभित्रै स्थिति खराब हुँदै गयो । अन्ततः, जनवरी १६, १९७९ मा, रेजा पहलवी आफ्नो परिवार संग अमेरिका गए। जाँदा उनले विपक्षी नेता सपोर बख्तियारलाई अन्तरिम प्रधानमन्त्री बनाए ।

शापोर बख्तियारले खामेनीलाई इरान फर्कन अनुमति दिए। तर त्यहाँ पनि एक शर्त थियो। उनले खामेनी फर्किए पनि प्रधानमन्त्री बख्तियार नै रहने शर्त राखे । खामेनी फेब्रुअरी १९७९ मा इरान फर्के ।

बख्तियार प्रधानमन्त्री भएपछि पनि आन्दोलन रोकिएको थिएन । यसैबीच खामेनीले मेहदी बजारगानलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरे । त्यसपछि देशमा दुई प्रधानमन्त्री भए ।

विस्तारै सरकार कमजोर बन्दै गयो । सेनामा पनि विभाजन भयो । तर बिस्तारै सेनादेखि जनतासम्म सबै खामेनीको अगाडि झुक्न थाले।

इरानमा सन् १९७९ मार्चमा जनमत संग्रह भएको थियो । जसमा ९८ प्रतिशतभन्दा बढीले इरानलाई इस्लामिक गणतन्त्र बनाउने पक्षमा मतदान गरेका थिए । त्यसपछि इरानको नाम ‘इस्लामिक रिपब्लिक अफ इरान’ भयो।

खामेनी सत्तामा आएसँगै नयाँ संविधानको काम सुरु भयो। नयाँ संविधान इस्लाम र शरियामा आधारित थियो। विपक्षीहरूले यसको विरोध गरे, तर खामेनीले स्पष्ट रूपमा नयाँ सरकारले ‘शत प्रतिशत इस्लाम’ मा आधारित कानूनमा काम गर्नुपर्छ भने । विरोधका बावजुद सन् १९७९ को अन्त्यतिर नयाँ संविधान पारित भयो।

नयाँ संविधानपछि इरानमा शरिया कानून लागू भयो। धेरै प्रतिबन्धहरू लगाइयो। महिला स्वतन्त्रता खोसियो । अब उनीहरूले हिजाब र बुर्का लगाउन आवश्यक थियो।

१९९५ मा, त्यहाँ एक कानून बनाइएको थियो, जस अन्तर्गत अफिसरहरूलाई ६० वर्ष उमेरसम्मका महिलाहरू हिजाब बिना बाहिर निस्किए जेलमा राख्ने अधिकार छ। यति मात्र होइन, इरानमा हिजाब नलगाउनेलाई ७४ कोर्रादेखि १६ वर्षसम्मको जेल सजाय हुन सक्छ।

यसले इरानलाई पूर्ण रूपमा परिवर्तन गर्यो। १९८० भन्दा पहिले, इरान पश्चिमी देशहरू जस्तै खुला थियो। महिलाहरूलाई आफ्नो मनपर्ने लुगा लगाउने स्वतन्त्रता थियो। उनीहरू पुरुषसँग घुलमिल हुन सक्थे । तर इस्लामिक क्रान्तिले इरानलाई पूर्ण रूपमा परिवर्तन गर्‍यो।

जब इरानमा इस्लामिक क्रान्ति चलिरहेको थियो, अमेरिकालाई कमजोर बनाउने एउटा घटना भयो । इरानका शासक रेजा पहलवी अमेरिका गएका थिए । इरानका जनता रेजा पहलवीको फिर्ता र उनलाई सजाय दिनुपर्ने मागमा अडिग थिए।

नोभेम्बर ४, १९७९ मा इस्लामिक विद्यार्थीहरू तेहरानमा अमेरिकी दूतावास बाहिर भेला भए। उनीहरुले अमेरिकी दूतावासलाई घेराबन्दी गरेका थिए । खामेनीले पनि यो घेराबन्दीलाई समर्थन गरे। प्रदर्शनकारीहरूले अमेरिकालाई रेजा पहलवीलाई फिर्ता पठाउन माग गर्दै आएका थिए तर अमेरिकाले त्यसलाई अस्वीकार गरेको थियो।

दिन बित्दै थियो, तर आन्दोलनकारीहरू दूतावास छोड्न राजी थिएनन्। संयुक्त राष्ट्र संघले पनि पहल गर्‍यो, तर कुनै फाइदा भएन। त्यतिबेला दूतावासमा ५२ अमेरिकी बन्धक थिए।

यस घेराबन्दीको करिब एक वर्षपछि इजिप्टमा रेजा पहलवीको मृत्यु भयो। उनलाई त्यहीँ गाडियो । तर, दूतावासको घेराबन्दी जारी थियो । अमेरिकाले आफ्नो पूरै शक्ति प्रयोग गरेको थियो । अमेरिकामा रहेका इरानी जनताको सम्पत्ति पनि जफत गरियो तर केही काम भएन ।

अन्ततः अमेरिकामा चुनाव भयो र रोनाल्ड रेगन नयाँ राष्ट्रपति बने। त्यसपछि अल्जेरियामा अमेरिका र इरानबीच सम्झौता भएको थियो । त्यसपछि मात्र बन्धकहरूलाई रिहा गरियो। प्रदर्शनकारीहरूले अमेरिकी दूतावासका अधिकारीहरूलाई ४४४ दिनसम्म बन्धक बनाएका थिए।

सामान नकिनेको भन्दै ३७ जना चिनियाँ पर्यटकलाई पसलमा बन्धक बनाइयो

0

काठमाडौं । चीनको एउटा गद्दा पसलमा ३७ पर्यटकलाई बन्धक बनाइएको छ । उनले पसलबाट केही किनेका थिएनन् । यसपछि गार्डले उनलाई घेरा हालेर केही घण्टासम्म पसलबाट बाहिर निस्कन दिएनन् ।यद्यपी पसलबाट पर्यटक कहिले र कसरी निस्किए भन्ने जानकारी भने खुलेको छैन ।

यो घटना युनान प्रान्तको शिशुङबन्ना सहरमा २६ मार्च २०२४ मा भएको थियो। तर, अहिले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा यससँग सम्बन्धित फोटो–भिडियो भाइरल भइरहेको छ । घटना बाहिर आएपछि प्रशासनले तत्कालका लागि पसल बन्द गरेको छ । साथै पसलमा पर्यटक ल्याउने टुर गाइडलाई १० हजार युआन जरिवाना गरिएको छ ।

हङकङको मिडिया हाउस ‘साउथ चाइना मर्निङ पोस्ट’को रिपोर्टका अनुसार लिओनिङ प्रान्तबाट ३७ जना चिनियाँ पर्यटक युनान प्रान्त घुम्न आएका थिए। यहाँ उनीहरू गद्दा पसलमा पुगे । केही बेर पसलको सामान हेरेपछि सबै बाहिर निस्कन थाले । पसलेले रोकेर सामान किन्न बाध्य पारे । पर्यटकले सामान नकिन्दा बन्धक बनाएका थिए ।

उनलाई घेरेर सुरक्षाकर्मी उभिए । पर्यटक केही घण्टा पसलमै थुनिएका थिए । सो क्रममा उनीहरूको पसलेसँग झगडा पनि भएको थियो । यसै क्रममा एक पर्यटकले भिडियो बनाउन थाले । जसमा केही पर्यटक थकित म्याट्रेसमा बसेका देखिएका छन् ।

सोही क्रममा केही पर्यटकलाई गार्डले समातेको थियो । भिडियो खिच्ने पर्यटकले भने, “हामी शिशुङबन्ना सहरको एउटा पसलमा उभिरहेका छौं, जहाँ गद्दा बेचिन्छ। हामी दिउँसो आएका थियौं, अहिले साँझ परेको छ। हाम्रो ३७ जनाको समूहलाई बाहिर निस्कन दिइँदैन।”

यो पहिलो घटना भने होइन । साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनमा जबर्जस्ती किनमेल गर्ने घटनाहरू सामान्य छन्। यस्ता घटना निरन्तर बढिरहेका छन् । यसअघि सन् २०२४ को फेब्रुअरीमा पनि पर्यटक बसबाट एकै परिवारका ५ जनालाई निकालिएको थियो । उनीहरूले ६ लाखको सुनको ब्रेसलेट किन्न अस्वीकार गरेका थिए ।

 

साउदीमा मृत्युदण्ड पाएका व्यक्तिलाई बचाउन ब्लड मनी तिर्नका लागि ५४ करोड रूपैयाँ सहयोग उठ्यो

0

काठमाडौं । साउदी अरबमा मृत्युदण्डको सजाय पाएका एक व्यक्तिलाई बचाउन केरलाका जनताले ३४ करोड भारतीय रुपैयाँ जम्मा गरेका छन् । व्यक्तिको नाम अब्दुल रहीम हो र उनी कोझिकोडका बासिन्दा हुन्। २००६ मा उनीमाथि साउदी युवकको हत्याको आरोप लागेको थियो । उनी विगत १८ वर्षदेखि साउदीको जेलमा छन् ।

उनको रिहाइका लागि गठित कार्य समितिले पाँच दिनअघिसम्म निकै थोरै रकम जुटाउन सके पनि अभियान अघि बढ्दै गएपछि विश्वभर बसोबास गर्ने केरलाका जनताले ३४ करोड रुपैयाँ संकलन गर्न सहयोग गरेका छन् ।

स्थानीय जनताका अनुसार रहिमलाई साउदी अरबको एक परिवारले आफ्नो १५ वर्षीय विशेष अपाङ्ग बच्चाको ड्राइभर र केयरटेकरको रुपमा काममा राखेको थियो ।

सन् २००६ मा झगडाका क्रममा रहिमको गल्तीका कारण बालकको घाँटीको नली आफ्नो ठाउँबाट हटेको थियो । रहिमले अक्सिजनको अभावले बालक बेहोस भएको थाहा पाएर अस्पताल पुर्‍याउँदासम्म बालकको ज्यान गयो ।

रहिमलाई बालकको मृत्युको लागि जिम्मेवार ठहराइयो र २०१२ मा जेल पठाइयो। बालकको परिवारले रहिमलाई माफ गर्न अस्वीकार गरे। उनलाई पहिलो पटक २०१७ मा मृत्युदण्ड दिइएको थियो र त्यसपछि २०२२ सम्म कायम राखिएको थियो।

उनीसँग दुईवटा मात्र विकल्प थिए । या त टाउको काटेर मृत्यु रोज्ने वा ३४ करोड ब्लड मनीको व्यवस्था गरेर बालकको परिवारलाई दिने ।

कार्यसमितिका सदस्यहरूले सर्वोच्च अदालतले रहिमको रिहाइका सबै अपील खारेज गरिदिए पनि पछि ब्लड मनीको बदलामा रिहा गर्न राजी भएको बताए । यसपछि रियादका ७५ संस्था, केरलाका व्यापारी, धेरै राजनीतिक संगठन र आम जनता मिलेर पैसा उठाउन सहयोग गरे ।

आइसीसीले बनायो दिपेन्द्र सिंह ऐरीको कभर स्टोरी

0

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध एक ओभरका ६ बलमा ६ छक्का हानेर दुर्लभ इतिहास रचेका नेपाली अलराउण्डर दिपेन्द्रसिंह ऐरीले आइसीसी बरियतामा छलाङ मारेपछि आइसीसीले उनको कभर स्टोरी बनाएको छ।

आइसीसीको पछिल्लो बरियतामा ऐरी ले १४ स्थानको छलाङ मार्दै टि–२० अलराउण्डरतर्फ ११ औं स्थानमा आइपुगेको सार्वजनिक गरेको दिन आइसीसीले आफ्नो वेबसाइटमा दिपेन्द्रको कभर स्टोरी बनाएको हो।

आइसीसीले आफ्नो समाचारमा ऐरी शीर्ष १० को नजिकै पुगेको उल्लेख गरेको छ । ऐरीले टि–२० ब्याटरतर्फ पनि १६ स्थान सुधार गर्दै ६१ औं स्थानमा उक्लिएका छन् ।

ऐरीसँगै नेपालका आसिफ शेख पनि ३६ स्थान सुधार गर्दै ब्याटरतर्फको बरियतामा ७५ औं स्थानमा उक्लिएका छन् । कुशल मल्ल पनि अलराउण्डरतर्फ ५ स्थान सुधार गर्दै २७ औं स्थानमा उक्लिएका छन् ।