Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Tuesday, May 12, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 790

हुरीले पोल ढाल्दा विद्युत् सेवा अवरुद्व

By
Himalayan Tribune
-
May 31, 2024
0

तनहुँ: हुरीले विद्युत् पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ । बिहीबार साँझको हुरीबतासले विद्युत् पोल ढलेका हुन् । हुरीले भएको क्षतिको बारेमा विवरण प्राप्त भइनसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

पोल ढलेर विद्युत् सेवा अवरुद्ध हुँदा कयौँ स्थानका बासिन्दा प्रभावित भएका केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । व्यास–१० बैरेनी, व्यास–७ कलेस्ती, व्यास–१२ छिर्कन र व्यास–१३ पोखरीभञ्ज्याङलगायतका स्थानमा विद्युत् सेवा अवरोध भएको उहाँले बताउनुभयो । यसैगरी, व्यास–११ बेल्टारीमा चारवटा विद्युत् पोल र रुख ढालेपछि विद्युत् सेवाका साथै सडक पनि अवरूद्ध भएको छ । “हुरीबतासले ठूला रुखसमेत ढालेका कारण सडक अवरुद्व भएको छ । राति १० बजेसम्म आठ–दश जनाको टोली खटिएर काम गरे पनि अवरोध हटाउन सकिएन”, उहाँले भन्नुभयो ।

शान्ति सैनिक राईलाई मरणोपरान्त राष्ट्रसङ्घको सम्मान

By
Himalayan Tribune
-
May 31, 2024
0

न्युयोर्क: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आयोजित कार्यक्रममा महासचिव गुटेरेसले राईलाई प्रदान गरिएको उक्त पदक संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालाई हस्तान्तरण गर्नुभयो ।

त्यस अवसरमा कर्तव्य निर्वाहका क्रममा दिवङ्गत हुनुभएका राईको साहस, प्रतिबद्धता र बलिदानको चर्चा गर्दै महासचिवले उहाँ शान्ति स्थापनामा खटिनुभएका सबैका निम्ति प्रेरणाका रूपमा रहिरहने विश्वास व्यक्त गर्नुभयो । राईको गत अक्टोवर १३ मा कङ्गोमा निधन भएको हो ।

सन् १९४८ मा इजरायल–अरब युद्धविराम सम्झौता कार्यान्वयनको पर्यवेक्षण गर्न मध्यपूर्वमा सैन्य पर्यवेक्षक परिचालन गर्ने निर्णय भएको दिन ३० मेलाई अन्तर्राष्ट्रिय शान्तिसैन्य दिवसका रूपमा मनाइने गरेको छ । नेपाल राष्ट्रसङ्घीय शान्ति सेनामा सर्वाधिक सैनिक परिचालन गर्ने मुलुकमध्येको एक हो । छ हजारभन्दा बढी नेपाली शान्ति सेनामा परिचालन भएका छन् ।

राष्ट्रसङ्घले अबेई, मध्य अफ्रिकी गणतन्त्र कङ्गो, साइप्रस, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इराक, कोसोभो, लेबनान, लिबियामा नेपाली शान्ति सेनालाई खटाउँदै आएको छ । पूर्वी सोमालिया, दक्षिण सुडान, पश्चिमी सहारा र यमनमा पनि नेपाली शान्ति सेना तैनाथ छन् । नेपाल सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई शान्ति सेनाका रूपमा खटाउँदै आएको छ ।

दाङमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

By
Himalayan Tribune
-
May 31, 2024
0

तुलसीपुर (दाङ): दाङमा अटोरिक्सा र मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छभने एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलका अनुसार मोटरसाइकल चालक बबई गाउँपालिका–४ निवासी ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार सोही ठाउँका ३१ वर्षीय साकार केसीको मृत्यु भएको हो ।

उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो । दाङ तुलसीपुर–२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ह ४०९६ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको रा७प २५० नम्बर मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । उक्त दुर्घटनामा परी अटोचालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

By
Himalayan Tribune
-
May 31, 2024
0

गण्डकी: गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त हुनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गर्नुभएको हो ।

यसअघि पनि उहाँ आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो । दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गर्नुुभएका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जिआइइएस)मा आवद्ध हुनुहुन्छ । उहाँलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

बेलबारीमा बाल कला महोत्सव

By
Himalayan Tribune
-
May 31, 2024
0
बेलबारी (मोरङ):  विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि यहाँ बाल कला साहित्य महोत्सव जारी छ ।
दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् । बेलबारी बहुमुखी क्याम्पस परिसरमा जारी महोत्सवका निम्ति बेलबारी नगरपालिकाले रु चार लाख ८० हजार अनुदान दिएको हो ।
महोत्सवको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नगरको प्राज्ञिक उन्नयनका लागि क्रियाशील बेलबारी प्रज्ञा प्रतिष्ठानले बालबालिकाको सृजनाशीलता विकासमा जोड दिँदै नगरपालिकासँग सहकार्य गरेकामा त्यसको सराहना गर्नुभयो । प्राध्यापक टङ्कप्रसाद न्यौपानेले प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान नभए पनि केही पालिकामा प्रज्ञा प्रतिष्ठान स्थापना हुनु सुखद भएको बताउँदै भाषा, साहित्य कलाको संरक्षण एवं विकासका निम्ति काम गर्न सबै पालिकालाई सुझाव दिनुभयो ।

दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’

By
Himalayan Tribune
-
May 31, 2024
0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ’ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गरिएको हो ।

महासङ्घका उपाध्यक्ष शारदा खनालले दुई सय २९ जनाको ‘एचपिभि डिएन प्रविधि’बाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको राससलाई जानकारी दिनुभयो । उहाँले स्क्रिनिङको नतिजा एक महिनापछि मात्र प्राप्त हुने जानकारी दिनुभयो । “हाम्रा धेरै दिदीबहिनी पाठेघरको मुखको क्यान्सरबाट पीडित भएका पाइएको छ”, उहाँले अन्य मुलुकमा स्तन क्यान्सरका बिरामी अधिक भेटिएका जानकारी दिँदै उहाँले भन्नुभयो । समय–समयमा पाठेघर र स्तन परीक्षण गराउन उपाध्यक्ष शर्माले सुझाव दिनुभएको छ ।

केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला

By
Himalayan Tribune
-
May 30, 2024
0

गलेश्वर (म्याग्दी): यहाँको बेनी नगरपालिका-२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी प्याड र कपडा बनाउन अग्रसर भएका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत केराको थामबाट रेसा निकालेर सेनेटरी प्याड र कपडा बनाउन ५२ जना महिलाले तालिम लिइरहेका छन् ।

ज्यामरुककोटका १४ वटा आमासमूहका महिलाहरु सहभागी उक्त तालिम सात दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालिमपश्चात् सहभागीले सेनेटरी प्याडलाई आर्थिकोपार्जनको माध्यम बनाउने र व्यावसायिकरुपमा उद्योग सञ्चालन गर्ने जनाएका छन् । बेनी नगरपालिका-२ खबरा र बगरफाँट गाउँ केराको पकेट क्षेत्र मानिन्छ । फल दिने समय सकिएपछि किसानलाई केराको थाम व्यवस्थापनमा झन्झट हुँदै आएको थियो । खेर गएको केराको थामबाट सेनेटरी प्याड बन्ने भएपछि किसानलाई पनि सहज हुने भएको छ ।

तालिमका प्रशिक्षक सन्दिप सापकोटाका अनुसार सेनेटरी प्याड बनाउन पहिलो चरणमा केराको थामलाई लामोरुपमा टुक्रा निकालेर सुकाइन्छ । दोस्रो चरणमा सुकेको टुक्रालाई मेसिनमा पेलेर फाइबर बनाइन्छ र फाइबरलाई ‘प्यूरीफाइ’ गरी सेनेटरी प्याड बनाइन्छ । केराको थामबाट फाइबर निकाल्ने चरणसम्म आउन चारदेखि पाँच दिन लाग्ने उहाँको भनाइ छ । केराको फाइबरबाहेक आवश्यकपर्ने अन्य कपडा बजारबाट खरिद गरेर ल्याइन्छ । फाइबर निकाल्ने मेसिन धेरै महँगो नहुने भएकाले महिलाले समूह बनाएर व्यवसाय सुरु गर्नसक्ने उहाँले बताउनुभयो ।

तालिम लिएर समूह बनाई उद्योग सञ्चालन गर्ने तालिमका सहभागी उषा घिमिरेले बताउनुभयो । “गाउँघरमा खेर गएको केराको थामबाट सेनेटरी प्याड बनाउन सकिने रहेछ । अब समूह बनाएर आवश्यकपर्ने मेसिन उपलब्ध गराउन नगरपालिकासँग अनुरोध गर्छौं”, उहाँले भन्नुभयो । उद्योग सञ्चालनका लागि धेरै महँगो पनि नपर्ने प्रशिक्षक सापकोटाको भनाइ छ । “रु चारदेखि पाँच लाखसम्ममा मेसिन पाइन्छ । त्यसबाहेक कपडा सिउने मेसिन आवश्यक पर्छ । त्यो पनि धेरै महँगो नहुने भएकाले यो पेसा थोरै लगानीमा सुरु गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

जिल्लाभित्रका स्थानीय तहहरुले वार्षिक रु १५ लाखदेखि २० लाखसम्म सेनेटरी प्याडमा खर्च गर्दै आएका छन् । पालिकाले विद्यालयमा सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउँदै आएको छ । तालिम लिएका महिलाले सामूहिकरुपमा उद्यम सञ्चालन गर्न खोजे पालिकाले मेसिन र आवश्यक सामग्री खरिदको व्यवस्था गरिदिने बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । “यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ । कार्यक्रम वडा नं २ र १० मा लागू भएको छ”, उपप्रमुख लामिछानेले भन्नुभयो, “आमासमूहलाई परिचालन गरेर महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य छ ।”

तिलगङ्गा आँखा विश्वविद्यालयसम्बन्धी विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृत दिने

By
Himalayan Tribune
-
May 30, 2024
0

काठमाडौँ: सरकारले तिलगङ्गा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृत दिने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आजको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वन (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी क्रमशः नायब महान्यायाधिवक्ता, न्यायपरिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय भएको छ ।”

सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा भाग लिन र सोपश्चात् सङ्घीय गणतन्त्र जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

बालिका बलात्कारीलाई आठ वर्ष कैद

By
Himalayan Tribune
-
May 30, 2024
0

सप्तरी: सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराजनगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई आज आठ वर्षको कैद सजाय सुनाएको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलाशले रु ५० हजार क्षतिपूर्ति, रु ३६ हजार तीन सय ३३ जरिवानाको फैसला गरेको छ ।

विद्यालय पढ्न गएकी बालिका (परिवर्तित नाम-१६५)लाई विभिन्न प्रलोभन देखाइ ती किशोरले विसं २०७९ कात्तिक २ गते राजविराजस्थित राजदेबीहोटलमा लगेर बलात्कार गरेका थिए । पीडितकी आमाले घटना लगत्तै दिएको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन । होटलमा दुवै जना बसेको प्रमाण फेला परेपछि सप्तरी प्रहरीले विसं २०८० असोज २४ गते पुनःउजुरी दर्ता गरेको थियो ।

आरोपित किशोर विसं २०८० असोज २४ गते पक्राउ परेका थिए । जिल्ला अदालतमा विसं २०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगञ्ज पठाएको थियो ।

कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल मनोनीत

By
Himalayan Tribune
-
May 30, 2024
0

काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मापौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत हुनुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
।

बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मनुभएका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएको हो। उहाँ २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै सङ्घको केन्द्रीय सदस्य र महामन्त्री हुनुभएको थियो । त्यसपछि महासमिति सदस्य हुँदै पार्टीका विभिन्न तहमा रहेर उहाँले काम गर्नुभएको थियो ।

1...789790791...1,301Page 790 of 1,301

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune